Logo

हनुमानढोकामा ठड्याइयो इन्द्रजात्राको लिङ्गो (तस्बिरहरु)



काठमाडौं,९ असोज । काठमाडौं उपत्याकासहित देशका अधिकाँश शहरहरुमा मनाईने इन्द्रजात्रा आजबाट सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज बिहान गरिएको छ । नेपाली सेनासमेत सहयोगमा हनुमान ढोका (कालभैरव क्षेत्र) बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।

इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै सुरु हुने इन्द्रजात्रा पर्वमा रथयात्रा तथा नाचगान गरिन्छ । यसवर्ष काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट पाहुना आउने भएका छन् ।

जात्राका अवसरमा देखाईने रथ यात्राका लागि यसपटक भागिनी सम्बन्ध कायम भएका २० वटा सहरका प्रमुखलाई आमन्त्रण गरेको छ । यो क्रम २०७६ सालको इन्द्रजात्राबाट सुरु भएको हो । उक्त समयभन्दा अघि भगिनी सम्बन्ध कायम भएका सहरलाई आमन्त्रण गर्ने परम्परा थिएन् ।

जात्रामा राष्ट्रप्रमुखबाट जीवित देवी कुमारी, गणेश, भैरवको दर्शन गर्ने परम्परा छ । जात्राको प्रचलन मल्ल राजा जयप्रकाशका पालादेखि सुरु भएको विश्वास गरिन्छ ।

तस्बिरहरु: मुकुन्द कालिकोटे- रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्