काठमाडौं,९ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापा अभियन्ता ईःको अभियानमा ऐक्यबद्धता जनाउन पुगेका छन् । मंगलबार बिहान पूर्व गृहमन्त्री समेत रहेका थापा राष्ट्रिय सभागृह अगाडि ८ दिनदेखि उभिएर विरोध गरिरहेका अभियन्ता ईः लाई भेट्न पुगेका थिए ।
उनले, ‘मलाई बालेन मन पर्छ । मलाई ई: मन पर्छ । ई:ले उठाएका मुद्दा जायज छन् । सडक, फुटपाथमा जथाभाबी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ । यो राज्यको कर्तव्य हो । यो काममा महानगरपालिकाले सहजीकरण गर्नुपर्छ ।’ भन्ने प्ले कार्ड छातीमा टाँसेका थिए ।
ई: लाई भेट्न आज बिहानमात्रै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल राष्ट्रिय सभागृह अगाडि पुगेकी थिईन् । अभियन्ता ईः जबाफदेहिताको माग गरेर आठ दिनदेखि लगातार उभिइरहेका छन् ।