Logo

माधव नेपालले बोलाए सचिवालय बैठक



काठमाडौं,९ असोज । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बालाएको छ । दिउँसो ३ बजे बस्नेगरि समाजवादीले सचिवालय बैठक बोलाएको हो ।

आजको बैठकमा समाजवादीले आगामी साताबाट सुरु गर्न लागेको जागरण अभियानबारे छलफल हुने बताइएको छ । साथै आजको बैठकमा गत सामता जारी पार्टीको अपानिबारे पनि छलफल हुनेछ ।

अध्यक्ष बाधवकुमार नेपालले जारी गरेको अपानिलाई लिएर नेतृत्व तहमै चरम असन्तुष्टि देखिएको छ । सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरु अपानिप्रति आक्रोशित छन् । सम्मानित नेता खनाललगायतको असन्तुष्टिपछ उक्त अपानि कार्यान्वयन नगर्ने निर्णय भएको थियो । आजको सचिवालय बैठकले परिमार्जनसहित नयाँ अपानि जारी गर्ने बारेमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

गत महिना बसेको नेकपा एसको केन्द्रीय समिति बैठकले ‘मुलुकका रूपान्तरणकारी एजेण्डारमुद्दाहरू राष्ट्रलाई सुनाउने’ उद्देश्यले जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । जागरण अभियान असोज १४ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्