काठमाडौं,९ असोज । जीउ ज्यानको सुरक्षा माग गर्दै प्रदर्शनमा उत्रिएका चिकित्सकमाथि प्रहरीले दमन गरेको छ । सोमबार पोखरमा डाक्टर कुटिएको विरोधमा काठमाडौंमा प्रदर्शनमा उत्रिएका चिकित्सकमाथि माईतीघर मण्डलामा प्रहरीले धरपकड गरेको हो ।
माईतीघरमा प्रदर्शनरत रहेका चिकित्सक र प्रहरीबीच घम्साघम्सी चलेको हो । लमजुङ सुन्दरबजार नगरपालिका–७ कि ५७ वर्षीया बिरामी सुकमाया दुराको सोमबार दिउँसो अस्पतालमा मृत्यु भएपछि उनका आफन्त कुटपिटमा उत्रिएका थिए ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्ब कार्यान्वयन हुनुपर्ने मागसमेत उनीहरूले गरेका छन् । प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले नेताहरु गफ चुट्ने बिरामीले डाक्टर कुट्ले, डाक्टर कुट्न पाईंदैन, चिकित्समाथिको हिंसा बन्द गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
तस्बिर मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल