Logo

महानगरमा वार्ता सुरू, बालेन र ईः दुबै अनुपस्थित



काठमाडौं,९ असोज । सामाजिक अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच वार्ता सुरु भएको छ। राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ईः र महानगरपालिकाको टोलीबीच वार्ता सुरु भएको हो ।

महानगरपालिकाले प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनाएको छ । दुवैतर्फका प्रतिनिधि वार्तामा सहभागी भएका छन् । आठ दिनदेखि काठमाडौं महानगरपालिकाको गेटमा उभिइरहेका ईःको पक्षमा समर्थन बढ्दै गएपछि महानगर वार्ताको लागि तयार भएको हो । वार्तामा मेयर बालेन र ईः भने उपस्थित भएका छैनन् ।

अभियन्ता ईः फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभागृह अघि उभिईरहेका छन् । उनलाई आजबिहान महानगरकी उपमेयर सुनिता डंगोलले पनि भेटेकी थिईन् । उपमेयर डंगोलसँगको भेटपछि अभियन्ता ईः वार्तामा बस्न तयार भएका हुन् ।

वार्तामा अधिवक्ताद्वय सन्जय अधिकारी र प्रज्वला कार्की तथा फुटपाथ व्यापारीहरुका तर्फबाट सुजन गिरी, विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायण सहरी पुर्वाधार विज्ञ राज महर्जन पहिलो चरणको वार्तामा भएका छन् । महानगरपालिकाका तर्फबाट वार्तामा महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख बसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्