Logo

आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता सुरु



काठमाडौं,९ असोज । आन्दोलनरत् चिकित्सकसँग सरकारले वार्ता थालेको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालयमा वार्ता सुरु भएको हो । वार्तामा स्वास्थ्यमन्त्रालयका अधिकारीसमेत सहभागी छन् । त्यस्तै स्वास्थ्यकर्मी ट्रेड युनियन, मेडिकल काउन्सिल, चिकित्सक संघलगायतका प्रतिनिधि उपस्थित छन् ।

सोमबार पोखराामा चिकित्समाथि बिरामीका आफ्नतले कुटपिट गरेको भन्दै सुरक्षाको माग गर्दै डाक्टरहरू सडकमा उत्रिएका छन् । माइतीघरमा भेला भएर स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयनको माग राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्