Logo

संवैधानिक परिषद्, भागबण्डा परिषद्को रुपमा विकसित भयोः अर्जुननरसिंह केसी



काठमाडौं,९ असोज । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागबण्डा परिषद्को रुपमा विकसित भएको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै नेता केसीले यस्तो टिप्पणाी गरेका हुन् ।

‘बेरुजु कम गर्ने समाधानको पक्ष के हो। पछिल्लो समयको मुख्य समस्या एकपछि अर्को गर्दै बेरुजु वृद्धि हुँदै गएको छ। संवैधानिक परिषद्ले जसरी काम गरिरहेको छ। त्यो संवैधानिक परिषद् नै जसरी भागबण्डा परिषद्को रुपमा विकसित भएको छ,’ उनले भने, ‘त्यसलाई पूर्ण नसक्ने हो भने हाम्रो संवैधानिक संस्था जसरी दल वा सत्तामा बसेकाहरुको निरिह र छायाँ बनाउने कोशिष गरिएको छ त्यो निरन्तरता रहन्छ। निरन्तरताको फलस्वरुप हाम्रा स्वतन्त्र संवैधानिक संस्थाहरू छन्।’

उनले संवैधानिक परिषद्लाई सरकार र सत्तामा हुनेहरुले निर्णय र छायाँमा राख्ने काम भइरहेको बताए । उनले मागबण्डा परिषद्को रुपमा विकसित भएको संवैधानिक परिषद्लाई राजनीतिक पार्टी वा सत्तामा बसेकाहरुले छाया बनाउन नसक्ने बताउन आवश्यक रहेको बताए ।

नेता केसीले महालेखानियन्त्रक कार्यालयले रकम निकाशामा नियन्त्रण गर्नसक्ने रुपमा काम गर्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्