Logo

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका दीपेन्द्रलाई लुम्बिनी अल स्टारले १ लाख दिने



काठमाडौं,१० असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई लुम्बिनी अल स्टारले १ लाख रुपैयाँ पुरस्कार दिने भएको छ।

चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत बुधबार मंगोलियाविरुद्ध भएको खेलमा ९ बलमा अर्धशतक पूरा गरी विश्व कीर्तिमान बनाएका दीपेन्द्रलाई लुम्बिनीले १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।

दीपेन्द्रले आफूले सामना गरेका लगातार ६ बलमा ६ छक्का प्रहार गरेका हुन्। दीपेन्द्रले १० बलमा आठ छक्कासहित ५२ रन बनाए ।

भारतका युवराज सिंहले १२ बलमा अर्धशतक पुरा गरेर बनाएको विश्व कीर्तिमान कसैले तोड्न सकेको थिएन। उनले सन् २००७ मा इङ्ल्यान्डविरुद्ध उक्त सफलता प्राप्त गरेका थिए ।

अल स्टारले मंगोलियाविरुद्धको खेलमा कीर्तिमानी जित हात पारेको नेपाली टोलीको अन्य खेलाडीलाई पनि जनही १० हजार दिने बताएको छ ।



प्रतिक्रिया दिनुहोस्