Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै, विषय विज्ञसँग शिक्षा विधेयकका बारेमा छलफल हुने



काठमाडौं,१० असोज । नेपाली कांग्रेसको संसदीय दलको बैठक आजपनि बस्दैछ । बैठक दिउँसो १ बजेपछि नयाँ बानेश्नरस्थित ल्होत्से हलमा बस्नेछ ।

आज बस्ने संसदीय दलको बैठकमा कांग्रेसले संसदमा दर्ता भएको शिक्षा विधेयकका बारेमा विषय विज्ञसँग छलफल गर्नेछ । कांग्रेस संसदीय दलले हिजो सरोकारवाला पक्षसँग छलफल गरेको थियो ।

बुधबार हुने छलफलमा शिक्षाविद् विद्यानाथ कोइराला र धनञ्जय शर्मा, पूर्वसचिव जनार्दन नेपाल, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, वरिष्ठ पत्रकार राजेन्द्र दाहाल लगायतलाई बोलाइएको कांग्रेस संसदीय दलले जनाएको छ ।

विषय विज्ञका रुपमा आमन्त्रितहरुले सांसदहरुलाई विधेयकमा शिक्षा क्षेत्रका समस्या र विधेयकमा उल्लेखित विषयमा छलफल गर्नेछन् । आमन्त्रितहरुलाई २० देखि ३० मिनेटको बोल्नका लागि समय उपलब्ध गराइएको छ । उनीहरु बोलिसकेपछि कांग्रेसका सांसदहरुले जिज्ञासा राख्नेछन् ।

गत साता दर्ता भएको उक्त विधेयकको चौतर्फी आलोचना भएको छ । उक्त विधेयकप्रति असन्तुष्टि जनाउँदै देशैभरका राहात र वाल विकासका शिक्षकहरु अहिलेपनि आन्दोलनमै रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्