Logo

फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत् मेला सुरु, उद्योगमन्त्री रिजालले गरे उद्घाटन (तस्बिरहरु)



काठमाडौं,१० असोज । नेपाल फर्निचर तथा फर्निसिङ संघद्धारा आयोजित फर्नेक्स नेपाल २०२३ काठमाडौंमा सुरु भएको छ ।

बुधबार काठमाडौंमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त प्रदर्शनी मेलाको उद्घाटन गरेका हुन् । मेलामा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

बुधवारदेखि शुरु भएको फर्निचर तथा फर्निसिङ मेलामा १०० भन्दा बढी स्टलहरु रहेका छन् । मेलामा ५० हजार भन्दा बढी अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ ।

एक्स्पोको उद्घाटन गर्दौ उद्योगमन्त्री रिजालले मुलुक फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गए पनि पर्याप्त नभएको बताए । आयात मुलुकका लागि सुखद विषय नभएको बताएका उनले फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि विद्यमान कानुनी व्यवस्था संशोधनका लागि सरकार तयारले पहलकदमी लिने आश्वासन दिए ।

नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) को आयोजनामा “के हामी आत्मनिर्भर छौं ? ” भन्ने थिममा सुरु भएको एक्स्पो ५ दिनसम्म चल्नेछ । एक्स्पोलाई किङ कोयलले शीर्ष प्रायोजन गरेको छ । त्यसै गरी प्रेष्टिज कार्पेट एशोसिएट पार्टनर रहेको एक्स्पोको पावर्ड वाईमा फर्निचर हब प्रालि रहेको छ । नेपाल चेम्बर अफ कमर्श र नेपाल फर्नचर तथा फर्निसिङ व्यवसायी महासंघले इन्डोर्स गरेको एक्स्पोको मेन स्पोन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर, फिदरलाइट, आरओके प्रोडक्ट इण्डष्ट्रीज, सरावगी ओभरसीज र यती पोलिकेम रहेका छन् । इभेण्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोको अफिसियल पार्टनरमा लङसे, भिवोन चियर र वेबट्युन रहेका छन् ।

तस्बिरहरु: मुकुन्द कालिकोटे- रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot