Logo

एमाले बागमतीको अध्यक्षमा ढुंगेल र दाहालको मनोनयन दर्ता, को-को बसे प्रस्तावक र समर्थक ?



काठमाडौं,१० असोज । नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा केन्द्रीय सदस्यद्धय रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।

ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा रहेका छन् । ढुंगेलका प्रस्ताव श्रेष्ठ रामेछाप जिल्ला अध्यक्ष र देउजा भक्तपुर जिल्ला अध्यक्ष हुन् ।

त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् । दाहालका प्रस्तावक लामा भीमफेदी गाउँपालिका अध्यक्ष हुन् ।

उम्मेदवारी मनोनयनको क्रम साँझ ६ बजे सम्मलाई तोकिएको छ । मतदान बिहीबार हुँदैछ । यसअघि अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका कृष्णभक्त पोखरेल, सानु श्रेष्ठ र केशवराज पाण्डेले भने हालसम्म मनोनयन दर्ता गराएका छैनन् ।

५ पदाधिकारीसहित एमाले बागमतीले २४० जनाको प्रदेश कार्यसमिति चयन गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्