Logo

रास्वपाको राजनीतिक दस्तावेजमाथि बौद्धिक छलफल चलाउने जिम्मा स्वर्णिम वाग्लेलाई



काठमाडौं,११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दस्तावेजमाथि बौद्धिक छलफल चलाउन सांसद डा.स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति बनाउने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले स्वर्णिमको नेतृत्वमा सात सदस्यीय उपसमिति बनाउने निर्णय गरेको रास्वपाले जनाएको छ । वाग्ले बैशाखमा सम्पन्न उपनिर्वाचनमा रास्वपा प्रवेश गरि तनहुँ १ बाट निर्वाचित भएका थिए ।

उपसमितिमा रहने सदस्यहरूको नाम तय भइनसकेको रास्वपाले जनाएको छ । समितिले तीन दिन बौद्धिक छलफल गरेर राजनीतिक दस्तावेजका लागि राय दिने रास्वपाले जनाएको छ । रास्वपाले जनताको आवाज सुन्न केन्द्रीय नेता र सांसदहरूलाई १९ जिल्लामा खटाएको थियो। त्यहाँबाट महत्त्वपूर्ण सुझाव आएको र बौद्धिक व्यक्तिहरूसँग पनि छलफल गर्नु उपयुक्त हुने रास्वपाको निष्कर्ष छ ।



प्रतिक्रिया दिनुहोस्