Logo

मधेस प्रदेशमा आज सार्वजनिक बिदा



जनकपुर, असोज ११। मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ। मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो।

प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेलले एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।



प्रतिक्रिया दिनुहोस्