Logo

चिकित्सकहरू आजपनि सडकमा (तस्बिरहरू)



काठमाडौं,११ असोज । गत सोमबार पोखराको मनिपाल अस्पतालमा उपचारका क्रममा भर्ना भएको विरामीको मृत्यु र्भपछि उनका आफन्तले चिकित्सकमाथि हातपात गरेको घटनामा विरोध जनाउँदै आजपनि प्रदर्शनमा उत्रिएका छन् ।

स्वास्थ्यकर्मी र सरकारबीच मंगलबार दुई बुँदे सहमति भएको थियो । तर उक्त सहमतिप्रति असन्तुष्टि जनाउँदै उनीहरुले आजपनि प्रदर्शन गरेका हुन् । प्रदर्शमा उत्रिएका भिकित्सकहरुले स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर ? डाक्टर कुट्न पाईंदैन लगायत लेखिएका प्लेकार्ड बोकेका छन् ।

मंगलबार सरकार र चिकित्सकबीच स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधनले गरेको कसुर र दण्ड सजायसम्बन्धी व्यवस्थाहरू सबैले देख्ने गरी राख्ने सहमति भएको थियो ।

,त्यस्तै पछिल्लो समय स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाहीका लागि मातहतका निकायमा निर्देशन दिने पनि गृहले जनाएको छ । तर, डाक्टर कुट्लेलाई कारबाही नभएसम्म आन्दोलन जारी रहने भन्दै प्रदर्शनमा उत्रिएका हुन् ।

तस्बिर: मुकुन्द कालिकोटे-रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्