Logo

राहात शिक्षकहरू आजपनि सडकमा (तस्बिरहरू)



काठमाडौं,११ असोज । सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकको विरोधमा राहत शिक्षकहरु आजपनि सडकमा उत्रिएका छन् । विधेयकप्रति असन्तुष्टि जनाउँदै दुई सातादेखि काठमाडौं केन्द्रीत आन्दोलनमा लागेका शिक्षकहरुले आजपनि आफ्ना माग पूरा गराउन सरकारलाई दवाव दिने उदेश्यले माईतीघरमा प्रदर्शन गरेका हुन् ।

शिक्षकले सडकनै ढाकेर प्रदर्शनमा उत्रिएपछि बानेश्वर भएर आवाज जावत गर्ने सवारी साधनहरु लामो जाममा फसेका छन् । भने ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सात बुँदे सहमति भएको थियो तर उक्त सहमतिमा आफूहरुको माग पूरा नभएको भन्दै राहात र बाल विकासको शिक्षहरुले निरन्तर सडकमा प्रदर्शन गरिरहेका छन् ।

तस्बिरहरु: मुकुन्द कालिकोटे-रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्