Logo

एमाले बागमतीको नेतृत्व छान्न साँझ ६ बजेबाट मतदान सुरू हुने



काठमाडौं,११ असोज । नेकपा एमालेको बागमती प्रदेशको नेतृत्व चयन गर्न साँझ ६ बजेबाट मतदान सुरु हुने भएको छ । यसअघि बिहान ८ बजेबाटै निर्वाचन प्रकिया थालिने भनिएकोमा प्राविधिक कामहरु नसकिएकाले मतदानको समय लम्बिएको हो ।

एमाले बागमतीको अध्यक्षका लागि केन्द्रीय सदस्यद्धय कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालको साथै नेताहरु सानुकुमार श्रेष्ठ र केशरकुमार बुढाथाकीले मनोनयन दर्ता गराएका छन् । झण्डै १२ जना प्रतिनिधिले आगामी कार्यकालकबा लागि ५ पदाधिकारीसहति २४५ जनाको कार्यसमिति चयन गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्