Logo

यी हुन् कोशी प्रदेश सरकारका महत्वपूर्ण ६ निर्णयहरु



काठमाडौं,११ असोज । कोशी प्रदेशले शुक्रबार प्रदेशमा रहेका उराव समूदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले करम धर्म पर्वको उपलक्ष्यमा शुक्रबार उरावलाई बिदा दिने निर्णय गरेको हो । त्यस्तै आजैको बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास सिटीबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै, उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिक गर्ने, कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चित कोषमा दाखिला गर्ने व्यवस्थाको लागि नेपाल सरकार, अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएअनुसार प्रदेश सामयिक कर असुलसम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने, सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई तोक्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्