Logo

मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सरकारसँग माधव नेपाल असन्तुष्ट



काठमाडौं,११ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मूल्यवृद्धि अन्दाधुन्ध हुँदापनि सरकारले नियन्त्रण गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छ्न ।

पार्टीले अर्को साताबाट सुरु गर्न लागेको मेची-महाकाली जागरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले सरकारले सोचेजस्तो काम गर्न नसकेको बताए । उनले समाजवादी मोर्चाको रोकिएको सुदूरपश्चिम प्रदेश भेला पनि छिट्टै हुने जानकारी दिए ।

उनले भने, ‘अन्दाधुन्ध मूल्यवृद्धि हुँदा पनि नियन्त्रणमा सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन । छलफलबाट केहीकेही थोरै बढाउनु त एउटा कुरा होला । तर, आफ्नो हिसाबले भइरहेको मूल्यवृद्धिको विषयमा सरकारको ध्यानाकर्षण गराउँछौं ।’

उनले आफूहरु अहिले सत्ता गठबन्धन र समाजवादी मोर्चामा भएपनि आफ्नो हिसाबले चलिरहेको बताए ।

उनले भने, ‘हामी गठबन्धन र समाजवादी मोर्चामा पनि छौं । सरकारको काम आफ्नो हिसाबले चलिरहेको छ । मोर्चा पनि आफ्नो ढंगबाट अगाडि बढाइरहेका छौं ।’ मोर्चा स्पष्ट लक्ष्य र आफ्नो कार्यक्रमअनुसार अगाडि बढाउने बताए ।



प्रतिक्रिया दिनुहोस्