Logo

एमाले कोशी प्रदेश कमिटीको अधिवेशन आजबाट



काठमाडौं, असोज १२ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन आजबाट सुरु हुँदैछ। सङ्घीयता कार्यान्वयनमा आएपछि पहिलोपटक अधिवेशनमा जुटेको एमालेले अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

कोशी प्रदेशमा ९५ हजार १ सय ३९ जना पार्टी सदस्य रहेको एमालेमा अधिवेशनका लागि १३७ स्थानीय तह, २३ जनवर्गीय सङ्गठन, दलित, मजदुर समेत गरी १ हजार ५० जनासम्म प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने एमालेले जनाएको छ। हालसम्म ९९७ जना प्रतिनिधि चयन भइसकेका छन्।

एमाले प्रदेशको अध्यक्ष बन्न प्रदेश कमिटीका हालका अध्यक्ष तुलसी न्यौपाने, केन्द्रीय सदस्य विनोद ढकाल, नेताहरू घनश्याम खतिवडा र टीकाराम चेम्जोङ दौडमा छन्। अध्यक्ष केपी शर्मा ओलीले विराटनगर पुगेर अधिवेशन उद्घाटन गर्नेछन्।



प्रतिक्रिया दिनुहोस्