Logo

एनआरएनए उपाध्यक्षमा रोविन शेरचनको उम्मेदवारी



जापान, असोज १२ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आईसीसी सदस्य रोविन शेरचनले आगामी कार्यकालको लागि उपाध्यक्षमा उम्मेदवरी घोषणा गरेका छन् । एनआरएनएको बर्तमान आईसीसी सदस्य शेरचनले आगामी कार्यकालको लागि उपाध्यक्षमा उम्मेदवरी घोषणा गरेका हुन् ।

जापानलाई कर्मथलो बनाइरहेका शेरचनले जापानबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सन् १९८८ मा उच्च शिक्षाको लागि विद्यार्थी भिषामा जापान प्रवेश पुगेका शेरचन टोकियोमा रहेका नेपालीहरूमध्येका होटल तथा रेष्टुरेण्ट व्यवसायमा स्थापित नाम हो ।

दुई दशकभन्दा लामो कडा मेहनत र निरन्तरको लगावले जापानमा नेपाली र जापानिज समाजमा चिरपरिचित सफल व्यवसायीका रूपमा छन्।

विगत दुई दशक यता जापानमा संघसंस्था तथा कम्पनीहरूले आयोजना गर्ने विभिन्न सांस्कृतिक कार्यक्रमहरू सफल पार्न, नेपालमा हुने प्रकृतीक विपत्तिमा आर्थिक सहयोग गर्न, आपत् बिपद्मा परेका नेपालीहरूलाई आवश्यक सहयोग गर्ने प्रमुख सहयोगी हातका रूपमा समेत उनलाई सबैले प्राथमिकतामा साथ पहिलो सूचीमा राख्ने गर्दछन् ।

गैरआवासीय नेपाली संघ जापानको सल्लाहकार रहेका शेरचनले यसअघि मानार्थ सदस्यमा र आईसीसी सदस्य रहेर पनि भूमिका निर्वाह गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्