Logo

एमाले बागमतीको नेतृत्व छान्न मतदान सुरू, प्यानलसहित ढुंगेल र दाहाल मैदानमा



काठमाडौं, १२ असोज । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

पार्टी मुख्यालय च्यासलमा सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । एमाले बागमतीको नेतृत्वका लागि रामेछापका कैलाशप्रसाद ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा हुँदैछ । यसअघि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका केशवराज पाण्डे, सानुकुमार श्रेष्ठ र केशर बुढाथोकीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ढुंगेल र दाहालबीच प्रतिस्पर्धा हुने भएको हो ।

अधिवेशन उद्घाटन समारोहमा अध्यक्ष केपी शर्मा अ‍ोलीले प्यानल बनउन नपाईने बताएपनि अन्ततः अध्यक्षका प्रत्यासीद्धय ढुंगेल र दाहालले प्यानलनै बनाएर कार्याकतामाझ भोट माग्न थालेका छन् ।

दाहाल पक्षबाट उपाध्यक्षमा नुवाकोटका पूर्वसांसद नारायणप्रसाद खतिवडा उम्मेदवार तय भएका छन् । त्यस्तै सचिवमा ललितपुरका पूर्वसांसद नवराज सिलवाल उम्मेदवार बनेका छन् ।

दाहाल पक्षबाट उपसचिवमा खुलातर्फ सिन्धुलीका खड्गवहादुर खत्री र महिलामा काभ्रेकी भक्तकुमारी लामा उम्मेदवार छन् । खत्री कमलामाई नगरपालिकाका पूर्व मेयर हुने भने भक्तकुमारी विद्यार्थी राजनीतिबाट आएकी हुन् ।

उता ढुंगेलले पनि उपाध्यक्षमा चितवनका दावा लामालाई मैदानमा उतारेका छन् भने सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डितलाई आफ्नो प्यानलमा समेटेका छ्न । ढुंगेल प्यानलमा रहने दुई उपसचिवको भने टुंगो नलागेको बताइएको छ । एक अध्यक्ष, उपाध्यक्ष १, सचिव १, २ उपसचिवसमेत ७५ जना सदस्यका लागि निर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्