Logo

एमाले कोशीको अधिवेशन आज, नेतृत्वका लागि ढकाल र खतिवडा भिड्ने



काठमाडौं,१२ असोज । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु अुँदैछ । विराटनगरको होटल मनास्लूमा दिउँसो १ बजे अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रिमोर्टमार्फत अधिवेशनको उद्घाटन गर्ने एमालेले जनाएको छ ।

अधिवेशनमा १३७ पालिका, २३ जनसंगठन, दलित, मजदुर समेत गरी एक हजार ५० जनासम्म प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने छन् । अधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति, अनुगमन निर्देशन समिति र १२ वटा उपसमिति बनेका छन् । अधिवेशन दुई दिनका लागि तय गरिए पनि एकदिन थपिनसक्ने वताइएको छ । सबै प्रक्रिया असोज १४ गतेसम्ममा सक्ने तयारी रहेको पार्टीका सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठले जानकारी दिए । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ

एमाले कोशीको नेतृत्वका लागि निवर्तमान अध्यक्ष न्यौपानेसहित घनश्याम खतिवडा, विनोद ढकाल र टीकाराम चेमजोङले आकाँक्षा राखेका छन् । यद्धपि निर्वाचन हुने अवस्था आए ढकाल र खतिवडाकोबीचमा प्रतिस्पर्धा हुने बताईएको छ ।

पार्टीमा खतिवडा र ढकाल दुबैजना अध्यक्ष ओली निकटका नेता मानिन्टन् तर पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको राजनीतिमा फर्काउन भूमिका खेलको आरोप ढकालमाथि लाग्ने गरेको छ । ढकाल पूर्व राष्ट्रपति भण्डारी निकट मानिने भएकाले अध्यक्ष ओलीले अर्का नेता खतिवडालाई अध्यक्ष बनाउन ग्रिन सिग्नल दिएको एमाले नेताहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot