Logo

मिसन ८४ मा लागेका दलहरुलाई रविले भने: ४ वर्षअघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला



काठमाडौं,१२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालमा हुने आम निर्वाचनमा आफ्नो दलको उम्मेदवारको जमनत जफत गराउन चुनौती दिएका छन् ।

लामिछानेले शुक्रबार सामाजिक सञ्जालमा एक अपील जारी गर्दै सबै दलहरु मिलेर नयाँ, लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाईदिन आग्रह गरेका छन् ।

लामिछानेले दलहरुले मिसन ०८४ भनेर प्रचार गरेको फिट्टिक्कै नसुहाएको दाबी गरेका छन् । उनले चार वर्ष अघिनै घण्टी बजाएर संकेत गरेको भन्दै आगामी निर्वाचनमा रास्वपाले एकल बहुमत ल्याउने संकेत गरेका छ्न ।

उनले लेखेका छन् ‘अझ मिसन ८०, मिसन ८१, मिसन ८२, मिसन ८३ छदै छ त ! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस् । ४÷४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता । जनताले तपाईंहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस् । ४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४÷४ वर्ष छ । गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई । राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर !! कि तपाईंको कि हाम्रो । ४ वर्षअघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला’ ।

आम निर्वाचनको सात महिना अघिमात्रै गठन भएको रास्वपा हाल संसद्मा चौथो शक्तिको रुपमा उदाएको छ । उसले प्रतिनिधि सभामा २१ सिट जितेको छ । सभापति लामिछाने स्वयं चितवन २ बाट सबैभन्दा धेरै मत र मतान्रमा निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्