काठमाडौं,१२ असोज । कृषि तथा पशुपक्षि विकासमन्त्री डा.बेदुराम भुसालले मन्त्रालय मातहतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन् । शुक्रबार मन्त्री भुसालले ती कार्यालयमा पुगेर छड्को अनुगमन गरेका हुन् ।
मन्त्री भुसालले काठमाडौंस्थित त्रिपुरेश्वरमा रहेका केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिफरल पशु चिकित्सालय, नेपाल पशु चिकित्सा परिषद्को छड्के अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा मन्त्री भुसालले गाईं भैसीमा देखिएको लम्पिस्किन रोगहरु निदानको लागि सम्बन्धित निकायलेगरेका कामहरुको बारेमा जानकारी लिएका हुन्
साथै मन्त्री भुसालले पशुपन्छीमा लाग्ने अन्य रोगको खोप उत्पादन सम्बन्धि वस्तुस्थिति, पशुपन्छीको रोग निदान गर्ने प्रयोगशालाको भौतिक पूर्वाधारको अवस्था, आवश्यक जनशक्तिको अवस्था, प्रयोगशालामा सञ्चालनमा नआएका मेसिनको अवस्थाबारे जानकारी लिएका थिए । file photo