Logo

‘हामीलाई अहिले कसै गर्दापनि धर छैन, चुनाव गरे टेर्न छाडे भन्छन्,नगरे निरंकुशको आरोप लाउँछन्’



काठमाडौं,१२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमति र नभएमा कोशी एमालेको नयाँ नेतृत्व निर्वाचन मार्फत छान्न निर्देशन दिएका छन् ।

शुक्रबारबाट सुरु भएको एमाले कोशी प्रदेशको अधिवेशनलाई उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो निर्देशन दिएका हुन् । उनले एमालेविरुद्ध अरूले फैलाएको भ्रमको पछि नलाग्न बताउँदै मिसन २०८४ प्रति प्रतिबद्ध भएर अघि बढन् कार्यकर्तालाई निर्देशन पनि दिए। ओलीले एमालेविरुद्ध सञ्चारमाध्यमहरु पनि योजनावद्ध रुपमा अघि बढेको आरोप लगाए।

‘हामीलाई अहिले कसै गर्दा पनि धर छैन, चुनाव भए एमालेमा केपी ओलीको कुरा सुन्न छाडे भनेर समाचार आउँछन्। चुनाव नभए एमालेमा निरंकुशता लादियो भन्छन्’, उनले भने।

आजबाट सुरु भएको एमाले कोशीको अधिवेशन नयाँ नेतृत्व चयन गरेर आइतबार सकिँदैछ । हालसम्म नेतृत्वका लागि विनोद ढकाल, घनश्याम खतिवडा र तुलसी न्यौपानेले दाबी गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्