काठमाडौं,१२ असोज । प्रहरीले दोलखाबाट थप ३ किलो सुसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले आज विगु गाउँपालिकास्थित सिंगटी बजारबाट तीन किलो सुन बरामद गरेको हो । बिहीबार चार किलो सुन सहित पक्राउ गरिएका २८ वर्षीय केशर तामाङको डेरा सर्च गर्दा थप ३ केजी सुन भेटिएको प्रहरीले जनाएको छ ।
बिहीबार प्रहरीले सिंगटीबाटै ४ किलो सुन बरामद गरेको थियो । उक्त सुन ओसारपसारमा संलग्न रहेको आरोपमा आज प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विगु गाउँपालिकाकै राज तामाङ रहेको प्रहरीले जनाएको छ । file photo