Logo

एमाले कर्णाली प्रदेशको नेतृत्वका लागि आज मतदान हुँदै



काठमाडौं, असोज १४ ।  नेकपा (एमाले)को कर्णाली प्रदेश अधिवेशनमा आज मतदान हुँदैछ । प्रदेशको नेतृत्वका लागि मतदान हुन लागेको हो ।

सहमतिका लागि हिजो दिनभर प्रयास भए पनि सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् । आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सुर्खेतको सिटी हलमा मतदानको कार्यक्रम छ । एमालेको कर्णाली प्रदेश अध्यक्षका लागि तीन, उपाध्यक्षका लागि तीन, सचिवमा दुई र उपसचिवमा तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेश अध्यक्षका लागि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र कालीकोटकै प्रकाश रोकायाले उम्मेदवारी दिनुभएको छ । एमाले बाग्मती र लुम्बिनीमा मतदानबाटै नेतृत्व चयन भएको छ ।

अस्ति भएको मतदानबाट बाग्मती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुङ्गेल निर्वाचित भएका छन् । त्यस्तै भदौ तेस्रो हप्ता लुम्बिनी प्रदेश कमिटीमा नेतृत्वका लागि मतदान भएकोमा अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका थिए।



प्रतिक्रिया दिनुहोस्