Logo

नेपालले दियो माल्दिभ्सलाई २ सय १३ रनको चुनौति



काठमाडौं, असोज १४ । नेपालले २१२ रन बनाएको छ । नेपालले यसअघि कुशल भुर्तेललाई ३५, आशिफ शेखलाई ६, विनोद भण्डारीलाई १३ तथा सन्दीप जोरालाई ५ रन र गुलशन झालाई ३५ रन बनाएर गुमाएको थियो ।

चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। उनले २७ बलमा समान ३-३ चौका र छक्काको मद्दतमा ५२ रन जोडे।

गुल्सन झाले २१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडे। कुशल मल्लले नटआउट ४७ रन जोडे। मल्लले २० बलमा ३ चौका र ३ छक्का हिर्काए।नेपालका ओपनर कुशल भुर्तेलले एलबिडब्लूको धरापमा पर्नुअघि १८ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३५ रन जोडे। त्यसअघि अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए।

विनोद भण्डारी १५ बलमा १३ रन, सन्दीप जोरा ५ रन र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए। बलिङमा माल्दिभ्सका बाडेउले ३ विकेट लिन सफल भए। यसअघि नेपालले आफ्नो पहिलो खेलमा मंगोलियामाथि कीर्तिमानी जित हात पारेको थियो। आजको खेलमा नेपालले जित निकाले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछ।



प्रतिक्रिया दिनुहोस्