काठमाडौं,१४ असोज । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले कोशी प्रदेश नामकरणबारे पार्टीको आधिकारीक धारणा सार्वजनिक गरेको छ ।
आइतबार पार्टीका उपाध्यक्ष घनेन्द्र बस्नेतले एक विज्ञप्ति सार्वजनिक गर्दै प्रदेशसभामा छलफल र परामर्शविना एकाएक नामको प्रस्ताव ल्याएको दाबी गरेका छन् । उनले गृहकार्यविना मतदानको प्रक्रियामा जानुपर्नाले राजनीतिक जटिलता पैदा गरेको जिकिरसमेत गरेका छन् ।
‘हाम्रो पार्टीले उक्त नामाकरणको विषयमासबै पक्षसँग सम्वाद र सहमतिको माध्यमवाट समस्याको समाधानका लागि पहल गर्न सार्बजनिक आह्वान पनि गरिसकेको छ । हाम्रो पार्टी सम्बैधानिक प्रक्रियावाट प्रदेशको नामाकरण भईसकेको आजको स्थितिमा पुन सोही प्रक्रियावाट छलफल गर्न र निश्कर्षमा पुग्न सदैव तयार रहेको प्रष्ट पार्न चाहान्छ’। विज्ञप्तिमा भनिएको छ ।