Logo

प्रधानमन्त्री प्रचण्डले आज संसद्मा सम्बोधन गर्ने



काठमाडौं,१४ असोज । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज संसद्मा सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा दाहालले सम्बोधन गेर्न भएका हुन् । उनले सुन बरामद प्रकरणको छानबिन गर्न बन्न लोगको उच्चस्तरीय छानबिन आयोगको बारेमा संसद्लाई जानकारी गराउनेछन् ।

गत साउन ३ गते सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय छानबिन आयोग बनाउने सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच सहमति भएको थियो ।

त्यस्तै आज बस्ने संसद् बैठकमा दाहालले आफ्नो चीन भ्रमणको बारेमा पनि जानकारी गराउने भएका छन् । दुई सातालामो चन भ्रमण सकेर प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्किएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot