Logo

लोडसेडिङ भएपछि सिंहदरबारमा सबै काम ठप्प, के हेरेर बसेका छन् कुलमान घिसिङ ?



काठमाडौं, १४ असोज । पछिल्लो समय लोडसेडिङ धेरै नै हुने गरेको छ । बेला बेलामा बत्ति जाने र आउने क्रम नियमित कार्यतालिकाजस्तै बनेको छ । उद्योग तथा कलकारखानादेखि सर्वसाधारण जनता बत्ति नहुँदा ठूलो मारमा पर्ने गरेका छन् । पछिल्लो समय मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार पनि बेला बेला विजुली जाने समस्याको ठूलो मारमा परेको छ ।

आज (आइतबार) पनि सिंहदरबारमा बत्ति नहुँदा सबै काम ठप्पजस्तै भएको छ । अहिले डेढ घण्टादेखि सिंहदरबारमा बत्ति नहुँदा सेवा ठप्प भएको छ। सेवाग्रहीहरु मन्त्रालयका चमेना गृहमा बसेर दिन काटिरहेका छन् । कर्मचारीहरु कामविहीन भएका छन् । नेपाल विद्युत प्राधिकरणको नेतृत्वको भूमिकालाई लिएर अहिले आलोचना हुन थालेको छ ।

एकातिर विजुलीको खपत भएन भनेर विजुली गाडीको प्रयोगको लागि नारा घन्काउने प्राधिकरण जनतालाई नियमित (२४सै घण्टा) विजुली पनि दिन नसक्ने अवस्थामा छन् । प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको कार्यशैलीलाई लिएर स्वयम प्रधानमन्त्री पुष्पकमल दाहालले पनि असन्तुष्टि पोख्न थालेका छन् ।

प्रधानमन्त्री दाहाल हिजोमात्रै अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फकिएका छन् । आजै भोलिभित्र घिसिङलाई बोलाएर छलफल गर्ने उनको तयारी छ । लोडसेडिङ हटाएको जस लिएर वाहवाही कमाएका घिसिङ अहिले जनताले दैनिक विजुलीको सास्ती खेप्दा के हेरेर बसेका छन्? भन्ने प्रश्न पनि उठ्न थालेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot