Logo

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई डेंगु संक्रमण



काठमाडौं,१४ असोज । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अस्वस्थ भएका छन् ।

कार्यकारी निर्देशक घिसिङलाई डेंगु संक्रमण भएको पारिवारिक स्रोतले जनाएको छ । डेंगु संक्रमणका कारण घिसिङ केही दिनयता बिदा लिएर घरमै आराम गरिरहेका छन् ।

स्रोतका अनुसार घिसिङलाई अहिले संक्रमण कम हुँदै गएको छ । एक दुई दिनमा नियमित काममा फर्किने तयारी गरिहेका छन् ।



प्रतिक्रिया दिनुहोस्