Logo

चीन भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले गराए संसद्मा जानकारी (पूर्णपाठसहित)



काठमाडौं,१४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो छिमेकी राष्ट्र चीनको भ्रमण ऐतिहासिक रुपमा सफल भएको दाबी गरेका छन् ।

संयुक्त राष्ट्र संघको ७८औं महासभामा भाग लिन भदौं ३० गते अमेरिका गएर उतैबाट असोज ५ मा चीन प्रस्थान गरेका प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्किएका थिए । प्रधानमन्त्री दाहालले आज बसेको संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै चीन भ्रमणमा भएको विविध घटनाबारे जानकारी गएका छन् ।

उनले भने,‘चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ । उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको छ, राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ ।’

यस्तो छ प्रधानमन्त्रीले संसद्मा गरेको सम्बोधनको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस्