Logo

एमाले कोशी प्रदेश अधिवेशनः फेरि सर्‍यो मतदानको समय



काठमाडौं,१४ असोज । नेकपा (एमाले) कोशी प्रदेशको नेतृत्व चयन गर्न उमेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । भर्खरै अन्तिम नामावली सार्वजनिक भएका कारण मतदान भने कार्यतालिकाभन्दा ढिलो गरी सुरु हुने भएको छ । यसअघि दिउँसो १ बजेदेखि सुरु गर्ने भनिए पनि तयारी नपुगेकाले  अपरान्ह ५ बजेदेखि मतदान हुने भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार अपराह्न अन्तिम नामावली प्रकाशन गरेको हो । मनोनयनउपर दाबी विरोध तथा फिर्ता लिने समय सकिएपछि नामावली प्रकाशन गरिएको हो ।

नामावली प्रकाशन भएसँगै मतपत्र प्रकाशन गर्न पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कोशी एमालेमा अध्यक्षसहित पाँच पदाधिकारी चयन गर्न ९९७ जना प्रतिनिधिले मतदान गर्नेछन् । अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा चुनावी प्रतिस्पर्धामा छन् ।

अध्यक्ष पदका उमेदवार विनोद ढकालको प्यानलमा सचिव शैलेश लामा र उपसचिव खेम नेपाली छन् । उपसचिवमा भविश्वर गुरुङले उमेदवारी फिर्ता लिएका छन् ।‌

अध्यक्ष घनश्याम खतिवडाको प्यानलमा राजकुमार भण्डारी सचिवको उमेदवार छन् । उपसचिवमा जलवर्षा राजवंशी र देवान राईले उमेदवारी दिएका छन् ।‌

उपाध्यक्ष टिका चेम्जोङलाई दुवै प्यानलको समर्थन थियो । सो पदमा उनको मात्र उम्मेदवारी परेको छ ।



प्रतिक्रिया दिनुहोस्