Logo

चक्कु प्रहारबाट घाइते भएका हुसेनको केएमसी अस्पतालमा उपचार हुँदै, यस्तो छ घटनास्थल (तस्बिरहरु)



काठमाडौं,१५ असोज । काठमाडौंको गौशालामा चक्कु प्रहार हुँदा एक जना घाइते भएका छन् ।

सोमबार गौशालामा एक अज्ञात समूहले कालिमाटी डोल भन्ने ठाउँमा पिके डाइग्नोसिस सेन्टर सन्चालन गर्दै आएका साजन हुसेनको भाई साविर हुसेनलाई चक्कु प्रहार गरेर २ जना फरार भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा एकथान कटुवा पेस्तोल र गोली पनि फेला परेको छ । घटनास्थलमा गोली चलेको पुष्टि नभएको प्रहरीले जनाएको छ । घाइते हुसेनको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । भने, चक्कु प्रहरा गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तस्बिरमा हेर्नुहोस चक्कु प्रहार भएको ठाउँका दृश्यहरु

तस्बिरहरु: मुकुन्द कालिकोटे- रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot