Logo

निर्वाचन कमिटीका पदाधिकारी थाकेपछि एमाले कोशी अधिवेशनको मतगणना फेरि सर्‍यो



काठमाडौं,१५ असोज । गएराती अबेर सम्पन्न भएको नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको मतगणना अझै सुरु हुन सकेको छैन । यसअघि दिउँसो १ बजेबाट सुरु गर्ने भनिएको मतगणना निर्वाचन कमिटीमा रहेका पदाधिकारी तथा उम्मेदवारहरु थाकेको भन्दै ४ बजेसम्म स्थगित गरिएको छ ।

हिजो राती १० बजेदेखि सुरु भएको मतदान आज बिहान ५ बजेसम्ममा सकिएको थियो । मतदानपछि निर्वाचन कमिटी पदाधिकारी तथा उम्मेदवारहरु थाकेको भन्दै दिउँसो १ बजेपछि मतगणना गर्ने सहमति भएको थियो । तर, एक बजेसम्ममा पनि आवश्यक तयारी नभएको भन्दै मतगणनाका लागि समयसीमा चार बजेलाई सारिएको हो ।

रातभर भएको मतदानमा ९७७ मत खसेको छ । अधिवेशनमा ९९७ जना मतदाता थिए । अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा छ ।



प्रतिक्रिया दिनुहोस्