Logo

मंगलबार हुने भनिएको केपी ओलीको प्युठान भ्रमण स्थगित



काठमाडौं,१५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि प्युठान जाने भनेर तय भएको कार्यक्रम स्थगित भएको छ ।

खराब मौसमका कारण पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली प्यूठान जाने कार्यक्रम स्थगित भएको हो । मंगलबार नौवहिनी गाउँपालिका प्यूठानको नवनिर्मित प्रशासकीय भवन उद्घाटनका लागि ओली जाने कार्यक्रम तय भएको थियो।

प्रमुख अतिथि ओलीनै आउन नसक्ने भएपछि गाउँपालिकाले पनि पूर्व निर्धारित कार्यक्रम स्थगित गरेको छ । अर्को कार्यक्रमका लागि गाउँपालिकाको बैठक बसेर मौसम अनुकूलतामा तय गरिने पालिकाले जनाएको छ ।

गाउँपालिका भवन उद्घाटनसहित विजुवारस्थित जुम्रिबजारमा नेकपा एमालेका अध्यक्ष ओलीले प्यूठानबासीसँग साक्षात्कार गर्ने कार्यक्रम तय भएको थियो।



प्रतिक्रिया दिनुहोस्