विराटनगरमा जारी नेकपा (एमाले)को कोशी प्रदेश अधिवेशनले प्रदेश अध्यक्षमा मोरङका घनश्याम खतिवडालाई निर्वाचित गरेको छ ।
घनश्याम खतिवडाले ५१२ मत प्राप्त गरी मोरङका विनोद ढकाललाई पराजित गरेका छन् । विनोद ढकालले ४३० मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ निर्विरोध निर्वाचित भर्एका छन् भने सचिवमा राजकुमार भण्डारी विजयी भएका छन् । त्यस्तै दुइ जना उपसचिवमा जलवर्षा राजवंशी र देवान र्राई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कोशी प्रदेशको १ सय ३७ पालिका र विभिन्न जनवर्गिय संघ संगठन तथा मजदुर र दलित गरी ९ सय ९७ जना मतदाता रहेको मा ९ सय ७७ जनाले आइतवार राती भएको मतदानमा भाग लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अध्यक्ष, उपाध्यक्ष, सचिव र दुइ जना उपसचिव गरी ५ जना पदाधिका सहित २ सय १५ सदस्यीय प्रदेश समिति मध्ये ४९ वटा पदहरुमा निर्विरोध निर्वाचित भईसकेका छन् भने अन्य सदस्यहरुको मतगणना भईरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशको नयाँ कार्यसमितिका लागि आइतबार राति मतदान भएको थियो ।