Logo

फर्मा कन्क्लेभ-२०२३ आयोजना गर्दै औषधी उत्पादक संघ



काठमाडौं, असोज १६ । नेपाल औषधी उत्पादक संघ (एपोन)ले ‘फर्मा कन्क्लेभ-२०२३’ आयोजना गर्ने भएको छ ।

असोज २५ गते काठमाडौंमा आयोजना हुने सो कन्क्लेभको मूख्य उद्देश्य नेपाली बजारमा स्वदेशी औषधीको नयाँ अवसर सिर्जना, औषधी उत्पादन तथा बजारीकरणका नियमक नितिहरुको निरन्तरता र औषधी निर्यातलाई अन्वेषण गर्ने रहेको संघले जनाएको छ ।

कन्क्लेभमा स्वदेशी औषधि उद्योगका उत्पादक, व्यवासायी, अनुसन्धानकर्ता र निर्यातकर्ताहरुको उपस्थिति रहने छ । यस्तै, संघका अनुसार उक्त अवसरमा औषधी उत्पादन तथा बजारीकरण सम्बन्धी नितिहरुका विषयमा छलफल गर्न नेपाल सरकारका प्रतिनिधिहरु तथा नेपाल, भारत, बंगलादेश लगायत राष्ट्रका विज्ञहरुको प्रस्तुती रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot