काठमाडौं,१६ असोज । १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतविरुद्ध २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालको पाँचौ विकेट पतन भएको छ ।
तेस्रो विकेटको रुपमा कुशल मल्ल र चौथो विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमाएको पाँचौ विकेटको रुपमा आक्रमक ब्याटिङ गरिरहेको दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । १५ बलमा ४ छक्कासहित ३२ रन बनाएर ऐरी आउट भएका हुन् । नेपालले ताजा अवस्थामा १५ ओभरमा १२७ रन बनाएर खेलिरहेको छ ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको थियो । भारतका यसस्वी जैसवाल एक सय रन जोडेर आउट भए। उनले ४८ बलमा सतक पुरा गरेका थिए।
रुतुराज गाइक्वाडले २५ रन बनाए। रिंकु सिंहले १५ बलमा ३७ रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट हात पारे। भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। भारतले अन्तिम दुई ओभरमा मात्र ३९ रन जोड्यो।
अविनाश बोहराले २० औँ ओभरमा २५ रन खर्चिएका थिए। अविनाशले ४ ओभरमा ५३ रन दिए। सन्दीपले ३ ओभरमा २८, सोमपालले ४ ओभरमा ३८, रोहित पौडेलले ३ ओभरमा २६ र दीपेन्द्रले ४ ओभरमा ३१ रन खर्चिए।