काठमाडौं, असोज १६ । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।