Logo

डलरको लोभले मुलुक धार्मिक द्वन्द्वतर्फ अग्रसर : कमल थापा (भिडियोसहित)



काठमाडौं, असोज १६ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले डलरको लोभमा मुलुकमा धार्मिक द्वन्द्वतर्फ अग्रसर गराएको जनाएका छन ।

देशैभरी धार्मिक द्वन्द्वको घटनाको बढीरहेका बेला थापाले सो प्रतिक्रिया दिएका हुन् । अध्यक्ष थापाले सामाजीक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै धर्मलाई कमजोर बनाउँदै देशलाई डरलाग्दो धार्मिक सांस्कृतिक द्वन्द्वतर्फ धकेलिरहेको बताएकका छन् ।

‘डलरको लोभमा, भोटको निम्ति भ्रष्ट शासकहरूले हिन्दू, बुद्धिष्ट र किराँतीहरुलाई कमजोर बनाउने, हेप्ने काम गरेर देशलाई डरलाग्दो धार्मिक सांस्कृतिक द्वन्द्वतर्फ धकेलिरहेका छन्,’ थापाले भनेका छन, ‘धार्मिक सांस्कृतिक द्वन्द्वबाट देशलाई जोगाऔँ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot