काठमाडौं, १६ असोज । प्रतिनिधि सभा बैठक जारी छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजेबाट जारी रहेको छ ।
आज बसिरहेको संसद् बैठकमा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । एमाले अध्यक्ष ओलीले सम्बोधन गर्नुअघि अहिले सांसदहरुले शून्य समयमा आ-आफ्नो धारणा राखिरहेका छन् । शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराईरहेका छन् ।
शून्य समयमा बोल्दै रास्वपाका सांसद असिम शालले सरकाररले विभिन्न प्रतियोगितामा विजेता बन्दा दिने भनेर घोषणा गरेको क्रिकेट खेलाडीको पुरस्कार रकम नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘आजपनि नेपाली क्रिकेट टोलीले भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्यो । बधाई दिन कसैले पनि छुटाएनन् होला, नेता ज्यूहरुले पनि बिसर्नु भएन होला ? सरकारले पनि बिर्सेन होला! तर,क्रिकेट खेलाडीलाई पुरस्कार दिन भने बिर्सिएको छ । सरकारले बिर्सिएको कुरा सदनमा पटक-पटक उठाउन मलाई लाज लागिसक्यो । किकेट खेलाडीले लिग जितिरहे सरकारले उदारो पुरस्कार घोषणा गरिरह्यो । खेलाडीले पाउनुपर्ने रकम १६ १७ लाख पुगिसक्यो । तपाईंहरु खेल्न जानुस फर्किदासम्म खातामा पैसा आउँछ भनेर प्रधानमन्त्रीज्यूले बोल्नु भयो तर, पैसा निकासी गर्ने कुनै सुरसार छैन् । दलाल विचौलिया र ठेकेदारको कुरा भएको भए, अग्रिम भुक्तानी भइसकेको हुन्थ्यो होला । खेलाडीलाई झुटो आश्वासनमा झुलाईएको छ’ । संसद्मा बोल्दै शाहले भने