Logo

‘चीनका सबै ठाउँ त्यहाँका मन्त्रीले पनि घुमेका छैनन् हाम्रा प्रधानमन्त्रीलाई मानसरोवर र कैलाश पर्वत जानुपर्ने ?’



काठमाडौं,१६ असोज । प्रतिनिधि सभाको बैठक जारी छ । दिउँसो १ बजेदेखि जराी बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको रुपमा एमाले अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् ।

संसद् बैठकमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध दर्जनौं प्रश्न उठाएका छन् । भने, आक्रोशीत रुपमा प्रस्तुत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन, भारत र अमेरिका भ्रमणदेखि आफू नेतृत्वको तत्कालीन सरकराले गरेका कामको बारेमा ब्याख्या गरिरहेका ओलीले आक्रोशितरुपमा सरकारविरुद्ध खनिईरहेका छन् ।

बैठकलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डको हालै भएको चीन भ्रमणबारेमा पनि प्रश्न उठाएका छन् । १७ दिनसम्म संसद् अवरुद्ध गर्दै विदेश घुम्न निस्केको भन्दै आपत्ति जनाएका हुन् । उनले प्रधानमन्त्रीले चीनको कैलाश पर्वतदेखि मानसरोवरसम्मको यात्रा गरेको भन्दै चीनका सबै मन्त्रीले पनि घुम्न नभ्याएको ठाउँ घुमेको भन्दै ब्यंग्य गरेका हुन् ।

‘प्रधानमन्त्री जाँदा संसद् निदाउनुपर्ने । देशको अवस्था, महंगी, गरिबी, किसानले नपाउने, वस्तुको समर्थन मूल्य, बिउ नपाउनेजस्ता थुप्रै समस्या छन् । यस्तो बेला प्रधानमन्त्रीलाई १६ दिने विदेश भ्रमणमा जानुपर्ने ?’ ओलीले प्रश्न गर्दै भने, ‘यी सबै कुराप्रति प्रधानमन्त्रीको ध्यान छैन । किन जानुभएको हो ? त्यत्रो चीनको सबै ठाउँ हेरिसकिएला, त्यहीँका मन्त्रीले चीनका सबै ठाउँ हेरिसकेका छैनन् । हाम्रा प्रधानम्न्त्री सबै ठाउँ घुमेर आउँछु भनेर जानुभयो ।’



प्रतिक्रिया दिनुहोस्