Logo

नेसनल बास्केटबल लिग : लगातार तेस्रो जितसंगै टाइम्स इन्टरनेसनल कलेज शीर्षस्थानमा



काठमाडौं, असोज १७ । नेसनल बास्केटबल लिगमा टाइम्स कलेजले लगातार तेस्रो जित हात पारेको छ । अंकतालिकामा शीर्षस्थानमा रहेको टाइम्सले मंगलबार बूढानीलकण्ठ बास्केटबल क्लबलाई १०२–८१ को स्कोरमा पराजित गदैृ तेस्रो जित हात पारेको हो । अर्को खेलमा कीर्तिपुर बास्केटबल क्लबले हाउन्ड्स एकेडेमीलाई ८१–७९ ले पराजित गर्‍यो ।

राष्ट्रिय खेलकुद परिषद् कभर्डहलमा टाइम्सले पहिलो तीन क्वाटर क्रमशः ३२–२०, ५४–४०, ८३–५३ ले अग्रता लिँदै खेल आफ्नो पक्षमा पारेको थियो । प्लेयर अफ द म्याच मवीन्द्र भण्डारीले टाइम्सबाट २६ स्कोर गरे ।

कीर्तिपुर र हाउन्ड्सको खेल झनै रोमाञ्चक रह्यो । पहिलो दुई क्वाटर कीर्तिपुरले २७–२१ र ४७–३७ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो क्वाटरमा कीर्तिपुरको २२ स्कोरको तुलनामा हाउन्ड्सले २९ स्कोर गरेको थियो । तर अन्तिम क्वाटरमा कीर्तिपुरले २२ स्कोर गरेर खेल आफ्नो पक्षमा पारेको थियो । अन्तिम क्वाटरमा हाउन्ड्सले १३ स्कोरमात्र गर्न सक्यो । कीर्तिपुरका जयदीप प्लेयर अफ द म्याच भए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot