Logo

दुई दिनदेखि स्थगित बागमती प्रदेशसभा बैठक आज बस्दै



हेटौंडा, असोज १७ । दुई दिनदेखि स्थगित भएको बागमती प्रदेश सभा बैठक आज बस्दैछ । आज दिउँसो ४ बजे प्रदेश संसद भवन हेटौडामा बस्नेगरी बैठक बोलाइएको हो ।

प्रतिपक्षी नेकपा एमालेले बिरोध जनाएपछि सोमवार देखि बैठक सुचारू अवरुद्व हुँदै आएको छ । सोमबारको बैठकमा एमालेले अबरोध गरे पछि सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए ।

सोमबार पुनः बस्न नसके पछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो । तर, मंगलबार पनि बैठक भने बस्दै नबसी स्थगित गरिए पछि आज ४ बजेका लागिसम्म स्थगित गरिएको थियो ।

प्रदेशसभाको बैठकमा प्रदेश चिट्ठा विधेयकसम्बन्धी विषयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सन्देशसहित फिर्ता पठाएको पूर्णपाठ प्रदेशसभाका प्रत्येक सदस्यहरूलाई उपलब्ध गराउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलले पटक पटक संसद् अवरुद्ध गरी नाराबाजी लगातार गरिरहेकाले बैठक स्थगित हुँदै आएको छ ।

सोमवार साँझ सरकार पक्ष र प्रतिपक्ष दलबीच सहमतिको प्रयास गरिए पनि सहमति जुट्न नसकेकाले मंगलवार वार्तालाप गरी सत्तापक्ष र प्रतिपक्षबीच सौहार्द्रपूर्ण वातावरणमा सहमतिको कायम भएअनुसार आजको सट्टा आज अपराह्न ४ बजे बस्ने सहमति भएको छ ।



प्रतिक्रिया दिनुहोस्