काठमाडौं, असोज १७ । बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका ११ स्थित ओखरकी करिब ४० वर्षीया गुनमति धामीको मृत्यु भएको हो । उनी स्वास्थ्य स्वयंम सेवीका हुन् ।
त्यस्तै, भूकम्पमा परी एक दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ। भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ भने दर्जनौँ भौतिक संरचना भत्किएको छ।