Logo

सामाजिक सञ्जालको दुरूपयोगले हाम्रा सामाजिक सम्बन्धमा अकल्पनीय क्षति पुग्न सक्छ : डा. आचार्य



काठमाडौं, १७ असोज । संविधानविद् डा. भीमार्जुन आचार्यले सामाजिक सञ्जालको गलत प्रयोग र दुरूपयोग रोक्नुपर्नेमा जोड दिएका छन् । उनले सामाजिक सञ्जालको गलत प्रयोग र दुरूपयोगले सामाजिक सम्बन्धमा अकल्पनीय क्षति पुग्न सक्ने टिप्पणी गरेका छन् । नेपालगञ्ज धार्मिक सहिष्णुताको निकै लामो इतिहास बोकेको शहर भएको उल्लेख गर्दै सहिष्णुता सधैं कायम रहने विश्वास दिलाएका छन् ।

आचार्यले फेशबुकमा लेखेका छन्–

सामाजिक सञ्जालको गलत प्रयोग र दुरूपयोगले हाम्रा सामाजिक सम्वन्धमा अकल्पनीय क्षति पुग्न सक्छ।कृपया यस्तो काम कहिल्यै नगरौं ।एउटा खराब व्यक्तिको पागलपनालाई बाककंकी असल व्यक्तिहरू अनुशरण गर्न आवश्यक छैन । हाम्रो नेपालगंज धार्मिक सहिष्णुताको निकै लामो इतिहास बोकेको शहर हो।यो सहिष्णुता सधैं कायम रहन्छ ।



प्रतिक्रिया दिनुहोस्