Logo

एनआरएनए ११औं विश्व सम्मेलन : महासचिवका उम्मेद्वार जोशी सचिवालयको काममा हेडक्वार्टरमै व्यस्त



काठमाडौं, १७ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं विश्व सम्मेलन नजिकिएसँगै विश्वभरि रहेका एनआरएनए नेता तथा अभियन्ताहरु काठमाडौं ओर्लिने क्रम जारी छ । संघको ११औं विश्व सम्मेलनमा गौरीराज जोशीले महासचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।

उनी यतिवेला कर्मथलोबाट विश्व सम्मेलनमा भाग लिन मातृभूमि नेपाल आईपुगेका छन् । उनी यतिवेला महाधिवेशनको लागि सचिवालयको काममा व्यस्त छन् । जोशीले एनआएनएको अभियानलाई थप पस्किृत गर्न यसपटक आफूले महासचिव पदमै उम्मेद्वारी दिने जनाएका छन् ।

उनले आफ्नो उम्मेद्वारीलाई लिएर संसारभरबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्–‘मेरो उम्मेदवारीलाई लिएर संसारभरबाट सकारात्मक प्रतिक्रिया र शुभेच्छा प्रकट गर्नुहुने सबैमा हृदयदेखि नै आभार प्रकट गर्न चाहान्छु। मलाई विभिन्न माध्यमबाट सन्देश आइरहेका छन्। सकभर मैले तपाईंहरु सबैको कल, म्यासेजको रेस्पोन्स गर्ने प्रयत्न गरिरहेको छु। व्यस्तता बढेकाले रेन्सपोन्स गर्न केही ढिलाइ पनि भएको हुनसक्छ। र, केही छुटपुट पनि भएको हुनसक्छ। मलाई विश्वास छ, हजुरहरुले मेरो वाध्यता बुझिदिनुहुनेछ।’

जोशीले फेशबुकमा लेखेका छन्-

आदरणीय गैरआवासीय नेपाली दाजुभाइ दिदिबहिनीहरु, नमस्कार !
यहाँहरुलाई अवगत नै छ, गैरआवासीय नेपाली संघ (एनआरएनए)को अभियानलाई थप परिस्कृत गर्न मैले यसपटक महासचिव पदमै उम्मेदवारी दिँदैछु। अहिले म काठमाडौंमा छु र महाधिवेशनसम्म यतै हुनेछु। महाधिवेशन मुखमै आएकाले अहिले सचिवालयका काममा केही व्यस्तता बढेको छ।
सचिवालयकै कामको व्यस्तताका कारण एनसीसीहरुमा तपाईंहरुलाई प्रत्यक्ष भेट्न आउन नसकेको वाध्यता पनि जानकारी गराउन चाहान्छु। लामो समयदेखि यही अभियानमा क्रियासिल रहेकाले एनसीसीहरुका हरेक समस्या तथा मुद्दाहरु नजिकबाट बुझेको छु।
मेरो उम्मेदवारीलाई लिएर संसारभरबाट सकारात्मक प्रतिक्रिया र शुभेच्छा प्रकट गर्नुहुने सबैमा हृदयदेखि नै आभार प्रकट गर्न चाहान्छु। मलाई विभिन्न माध्यमबाट सन्देश आइरहेका छन्। सकभर मैले तपाईंहरु सबैको कल, म्यासेजको रेस्पोन्स गर्ने प्रयत्न गरिरहेको छु। व्यस्तता बढेकाले रेन्सपोन्स गर्न केही ढिलाइ पनि भएको हुनसक्छ। र, केही छुटपुट पनि भएको हुनसक्छ। मलाई विश्वास छ, हजुरहरुले मेरो वाध्यता बुझिदिनुहुनेछ।
काठमाडौं आइसक्नु भएका साथीहरुले मलाई ढडज्ञघज्ञघडछठठ नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै, देशबाहिर रहेका साथीहरुले मलाई फेसबुक म्यासेन्जर, ह्वाटसब, भाइबरबाट सम्पर्क गर्नुहुन अनुरोध गर्दछु।
आशा छ, निर्वाचित महासचिव भएर काम गर्ने मेरो इच्छालाई तपाईंहरु सबैले सहयोग गरेर पुरा गरिदिनुहुनेछ।
मेरो अभिभारा नेपाल र नेपालीका लागि हो समग्र एनआरएन समुदायका लागि हो ।
धन्यवाद !
गौरीराज जोशी
महासचिव पदको उम्मेदवार



प्रतिक्रिया दिनुहोस्

Screenshot