Logo

एक-आपसमा धार्मिक आस्थाको सम्मान गरौं : ओली



काठमाडौं, १७ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एक आपसमा धार्मिक आस्थाको सम्मान गर्नुपर्ने बताएका छन् । पछिल्लो समय देशका विभिन्न जिल्लामा धार्मिक हिंसा भड्किनेगरि गतिविधि बढेपछि ओलीले यस्तो आग्रह गरेका छन् । उनले एउटाको आस्थामाथि अर्कोले सम्मान गर्नु नै आफूहरुको साझा राष्ट्रिय धर्म भएको उल्लेख गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

हाम्रो समाजको मुख्य विशेषता विविधता बीचको एकता र आपसी सहिष्णुता हो। एउटाको आस्थामाथि अर्कोले सम्मान गर्नु हाम्रो साझा राष्ट्रिय धर्म हो । सबै धर्म र अस्थाहरु नेपाल भूमिमा सधैं संरक्षित हुँदै आएका छन्। पछिल्लो समय धार्मिक विवादमा नेपालगञ्ज लगायत विभिन्न भागमा फैलिएको अशान्तिले सहिष्णुताको हाम्रो राष्ट्रिय धर्म कमजोर बन्न पुगेको छ। एक आपसमा धार्मिक आस्थाको सम्मान गरौं । हाम्रो राष्ट्रिय एकता जोगाऔं ।



प्रतिक्रिया दिनुहोस्

Screenshot